२०८१ मङ्सिर २७ गते बिहिवार

दाङमा बेलुका ७ देखि विहान ५ बजेसम्म पास भएपनि सवारी चलाउन नपाइने

तस्बिर : निशान दाजु भट्टराईको फेसबुकबाट

दाङ, वैशाख २३ । स्थानीय प्रशासनले जिल्लामा लकडाउनमा थप कडाई गर्न थालेको छ । मंगलवारको सुरक्षा समितिको बैठकले अबदेखि बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म पास भएपनि सवारी चलाउन नदिने निर्णय गरेको छ । ‘अत्यावश्यक सवारी साधन बाहेक अब पास भएपनि त्यो समयमा कसैका गाडी गुड्न नदिने निर्णय भएको छ,’ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले भने ‘पासको बाहानामा मानिसहरु रातको समयमा जथाभावी हिडडुल गर्न लागेको पाइएपछि यस्तो निर्णय गर्नु परेको हो ।’

पछिल्लो समय छिमेकी जिल्ला बाँकेमा ह्वात्तै कोराना संक्रमित बढेपछि दाङमा लकडाउनमा कडाई गर्न थालिएको छ । प्रहरीले सहर बजारमा लखर लखर हिड्नेलाई लाठी समेत लगाउन थालेको छ । अत्यावश्यक काम नपरी सडकमा हिड्नेलाई सडकमै दिनभर होल्ड गर्ने र बेलुकी पख प्रशिक्षण दिएर छोड्न दिएको छ । मंगलवार जिल्लामा १ सय ८१ जनालाई सडकमै होल्ड गरि प्रशिक्षण दिएर छोडिएको डिएसपी खड्काले बताए ।

त्यसैगरी जिल्लाका विभन्न स्थानमा गरि ८० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट बच्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्दा सुरुका दिनहरुमा प्रहरीले त्यसैगरी सवारी साधन नियन्त्रणमा लिने गरेको थियो । तर यो बीचमा सवारी साधन नियन्त्रणमा लिने क्रम लगभग बन्द भइसकेको थियो । मानिसहरु पनि सडकमा लडकडाउन उलंघन गर्दै हिडिरहेका देखिन्थे । तर अबदेखि फेरि कडाई गर्ने संकेत प्रहरीले दिएको छ ।

‘आजै बेलुकादेखि त्यसको अभ्यास भइसकेको छ,’ प्रबक्ता खड्काले भने ‘अब भोलिदेखि हेर्नुहोला अब प्रशासन कस्दै जान्छ ।’छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण ठूलो संख्यामा देखिएको हुँदा त्यो अति आवश्यक रहेको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *