चेतन रेग्मी,
तुलसीपुर, बैशाख २३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की रमादेबी रेग्मीले एकलाख बढी रकम विपद कोषमा जम्मा गरेकीछन् ।
मंगलवार रेग्मीले तुलसीपुरका कार्यबहाक मेयर नवराज रामिछानेलाई १ लाख ११ हजार १ सय ११ रुपैंया प्रदान गरेकी हुन ।लकडाउनको समयमा तुलसिपुर भित्र खाना खान समेत समस्यामा परेका परिवारलाई सहयोग गर्न भन्दै रेग्मीले उक्त सहयोग गरेकोबताइन ।
विपन्न तथा दैनिक ज्यालादारी गरेर खाने वर्गलाई सहयोग पुगोस भनेर आफुले सहयोग गरेको रेग्मीले जानकारी दिइन ।विपद कोषमानगद सहयोग प्रदान गर्ने रेग्मीलाई कार्यबहाक मेयर लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए ।
प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार