
सुर्खेत, वैशाख २२। कर्णाली प्रदेश सरकारले सात दिनका लागि प्रदेश सिल गर्ने भएको छ। प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सात दिनका लागि कर्णाली प्रदेश सिल गर्ने निर्णय गरेको हो।
कर्णाली प्रदेश पूर्ण रूपमा सिल हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। बैठकले प्रदेशभर २५ ठाउँमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको छ। स्थानीय तहका केन्द्र, प्रमुख बजार लगायतका क्षेत्रममा स्वास्थ्यकर्मीको टोली खटाइने छ।
नाकाहरू पूर्ण रूपमा सिल गरी अत्यावश्यक औषधि र एम्बुलेन्सबाहेक अन्य कुराको आयात–निर्यातलाई बन्द गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए।
प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार