शरद रेग्मी,
तुलसीपुर, बैशाख २२ । तुलसीपुर उद्योग वाणिज्य संघले दाङ जिल्लालाई पूर्णरुपमा सिल गर्न माग गरेको छ । छिमेकी जिल्ला बाँके तथा रुपन्देहीमा कोरोनाका संक्रमितहरु भेटिएपछि सोमवार वाणिज्य संघले त्यस्तो माग गरेको हो ।
संघका अध्यक्ष विरबहादुर रावतको अध्यक्षतामा वसेको आकस्मिक बैठकले भविस्यमा हुन सक्ने संभावित जोखिमबाट जोखिन जिल्ला पूर्णरुपमा सिल गर्नुपर्ने माग गरेको छ । उस्ले स्थानीय सरकारदेखि प्रहरी प्रशासनल तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै बैठकले जिललामा सरकारी र निजी स्वास्थ्य संस्था र अस्पतालको अवस्था सुधार गर्न माग गरेको छ । साथै बैठकले वाणिज्य संघको अगुवाइमा सञ्चालित मेसको हातेमालो गर्ने सामाजिक संघ संस्थाहरुलाई आभार व्यक्त गरेको छ ।
प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार