तुलसीपुर, बैशाख २२ । आफ्नो घर भारततर्फ जान हिडेका पाँचजना मजदुरलाई प्रहरीले रोकेको छ ।
दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने पाँच जना मजदुर भागेर भारततर्फ जान लागेको थाहाँ पाएपछि वडा प्रहरीकार्यालय लमहीले सोमवार विहान नियन्त्रणमा लिएर फेरि सिमेन्ट उद्योगमा फिर्ता पठाएको छ ।
लमही प्रहरी प्रमुख प्रज्वल थपलियाका अनुसार उनीहरु विहान चार बजे नै सिमेन्ट उद्योगवाट भागेर पैदल हिड्दै विहान लमही पुगेका थिए।
प्रहरीले सोधपुछ गर्ने क्रममा उनीहरुले भारतको उत्तरप्रदेशस्थित घर जान खोजेको भन्ने जवाफ दिएपछि उनीहरुलाई रोकेर फेरि उद्योगमैफिर्ता गरिएको प्रहरी निरिक्षक थपलियाले जानकारी दिए ।
उनीहरु कोईलावास नाका हुँदै पैदल हिडेर भारत तर्फ जान लागेका थिए ।
प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार