तुलसीपुर, वैशाख २२ । जंगलमा गाई बस्तु चराउन गएकी एक बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा एकजना युवापक्राउ परेका छन् ।
बालिकामाथि जवरजस्ती बालात्कार गरेको अभियोगमा दंगिशरण गाउँपालिका वडा नं. ८ चखौरा निवासी २२ बर्षीय सचिन चौधरीलाईपक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।
शनिवार दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुईरेपानीस्थित जंगलमा गाई चराउन गएकी शान्तिनगरगाउँपालिका वडा नं. १५ निवासी एक स्कूले छात्रालाई चौधरीले जवरजस्ती बलात्कार गरेको अभियोगको मुद्दाको आधारमा पक्राउगरिएको डिएसपी खड्काले बताए ।
स्रोतका अनुसार पक्राउ परेका चौधरी बागरखोलामा नहर निर्माणको काम गर्न खटिएका प्राविधिक (इन्जिनियर) हुन । ‘ अभियुक्तलेआफुलाई इन्जिनियर हुँ भन्छन्,’ एक प्रहरी अधिकारीले भने ‘चौधरी काठमाडौंमा कम्प्यूटर सफ्टवयर अन्तिम वर्षमा अध्यनरत रहेकोखुलेको छ ।’
जंगलमा एक्लै गाई बस्तु चराइ रहेकी बालिकालाई देखेपछि चौधरीले जवरजस्ती बलात्कार गरी फरार भएका चौधरीलाई लुकीछिपीबसेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बालापुरवाट गएको प्रहरीले टोलीले चखौरा गाउँवाट नियन्त्रणमा लिएको प्रहरीले जानकारीदिएको छ ।
पक्राउ पछि अभियुक्त चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याइएको छ । उनीमाथि करनी सम्वन्धि कसुरमा मुद्दा दर्ता गरिआवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रबक्ता खड्काले जानकारी दिए ।