तुलसीपुर, वैशाख २२ । नेपालगन्जवाट दुई दिन अगाडि दाङको घोराही आएका एक युवाका परिवारका सदस्यलाई खोजेर अस्पताललगिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १४ मिलन चोक निवासी २५ बर्षीय सहिजाद नामका एक युवा दुई दिन अगाडि मात्रै यहाँ आएकोखुलेपछि स्थानीय प्रशासनले कन्ट्रयाक्ट ट्रेसिङ गरि उनलाई पत्ता लगाएको हो ।
ती सुरुमा फरार भए । उनी फरार भएपनि प्रहरी प्रशासनले उनको परिवारका चार सदस्य र उनका एक एक जना साथीसमेत गरि ५जनालाई स्वास्थ्य चेक जाँच गराउन भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवार पठाएको छ ।
परिवारका सदस्य र साथीलाई अस्पताल पु¥याइएपछि प्रहरीले लुकेर बसेका ती युवालाई समेत केही बेर अगाडि खोजी गरेर अस्पतालपु¥याएको दाङ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।
उनीहरु सबैलाई स्वास्थ्य परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको डिएसपी खड्काले बताए ।