२०८१ बैशाख १३ गते बिहिवार

बाणिज्य सघंले अपाङ्ग बुढालाई २५ हजार नगद दियो


शरद रेग्मी,
तुलसिपुर ,बैशाख २१ । तुलसिपुर उधोग बाणिज्य सघंले आफ्ना एक अपाङ्गता भएका सदस्यलाई राहत प्रदान गरेको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा घर तुलसीपुरमा फेन्सी पसल सञ्चालन गर्दै आएकी गिता बुढालाई घरमै पुगेर नगद २५ हजार सहयोग प्रदान गरिएको छ ।

क्यान्सरबाट दाँया खुट्टा गुमाएकी बुढा घरमै बस्न बाध्य छिन् । बुढा दम्पत्तिको आइतवार नै बैबाहिक बर्ष गाठँ समेत परेको छ । त्यही अवसरमा बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको नेतृत्वमा केकसहित पुगेका व्यापारीले बुढा दम्पत्तिलाई उक्त राहात प्रदान गरेका हुन । बाणिज्य सघंको दुबै जना सदस्य छन् । नगद रकम र बैबाहिक वर्ष गाँठका दिन केकसमेत उपहार पाउँदा बुढा दम्पत्ति खुसी भएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *