२०८१ माघ १० गते बिहिवार

नेपाली सेनाको गाडीले ठक्कर दिँदा भाइको मृत्यु, दिदी घाइते

वैशाख २१। बाँके जिल्लाको कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह.६३४१ नंको गाडीले भे४ प.७६२० नंको मोटरसाइकललाई ठक्कर दिदां कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको निधन भएको प्रहरीले जनाएको छ।

साँग्रिला डेभलपमेन्ट बैंक नेपालगञ्जमा कार्यरत २७ वर्षीया दिदी प्रतीक्षालाई लिएर घर फर्किने क्रममा उक्त दुर्घटना भएको हो। नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी र मोटरसाइकल एनटिभी रोड क्रस गर्दैगर्दा एकआपसमा जुधेका थिए।

घटनामा घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *