दुखहरण यादव,
गढवा, बैशाख २० । गढवा गाउँपालिका स्तरीय सहकारी संजालले गढवा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेको छ ।गाउँपालिकाले दोश्रो चरणमा राहत बितरणको लागि स्थापना गरेको कोषमा नगद ५० हजार १ सय ६६ रुपंैया सहयोग गरेको गढवा गाउँपालिका स्तरीय सहकारी संजालका अध्यक्ष अशोककुमार यादवले बताए ।
विश्व व्यापी महामारी को रुपम फैलिएको कोरोना संक्रमणबाट वच्न सरकारले लागु गरेको लकडाउनको पालना गर्दै आएका दैनिक ज्याला मजदुरी काम गरि जिविकोपार्जन गर्ने गरिब बिपन्न तथा अति बिपन्न परिवारको सहायेगको लागि उक्त रकम जम्मा गरेको यादवले जानकारी दिए । गाउँपालिका स्तरीय सहकारी सञ्जालमा आवद्ध ४८ वटा सहकारी मध्य ३२ वटा सहकारीले स्वेच्छिक रुपमा नगद सन्कलन गरि विपद उक्त रकम जम्मा गरेका हुन ।
संजालमा आवद्ध समानता सहकारी, बचत सहकारी र साना किसान कृषि सहकारी सस्थाले क्रमश १ हजार ५ सय, ५० हजार ५५ रुपैंया र २५ हजार सहयोग गरेका थिए । संजालबाट हालसम्म कुल ९० हजार ७ सय २१ रुपैंया प्रदान गरिएको सहकारी संजाल गढवाका सचिव बेगम गहतराजले जानकारी दिएका छन् । राहत रकम बुझदै गढवा गाउँपालिकाको अध्यक्ष सहजराम यादवले संकटको यस घडीमा एकद्वार प्रणालीलाई आत्मसाथ गर्दै प्रकोप ब्यबस्थापन कोषमा जम्मा गरेकोमा धन्यवाद दिए ।