२०८१ बैशाख १५ गते शनिवार

कोरोना महामारीसंग जुध्न तुलसीपुरमा तालिम सुरु


दाङ, वैशाख २० । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड–१९ का विरुद्ध जुध्न तुलसीपुर उपमहानगरपालिकामा शनिवारदेखि तालिम सुरु भएको छ । क्रमिक रुपमा लगातार ५ दिनसम्म तुलसीपुरका १९ वटै वडाका लागि सञ्चालन हुने तालिममा हरेक वडावाट तीन जना स्वास्थ्यकर्मी, एकजना स्वएंमसेवक र एकजना रेडक्रसका स्वएंमसेवक सहभागि रहने छन् । यूएसएआइडीको आर्थिक सहयोग र तुलसीपुर उद्योग वाणिज्य संघको संयोजनमा तालिम सुरु भएको छ । तुलसीपुर ८ दुधेनास्थित कृष्णमन्दिरको हलमा शनिवारदेखि सुरु भएको तालिम तुलसीपुर बाणिज्य संघका अध्यक्ष विरबहादुर रावतको अध्यक्षता र वडा नं. ८ का अध्यक्ष बेदुबहादुर केसीको प्रमुख आथित्यतामा भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि केसीले केसीले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणको लागि यूएसएआइडीको सहयोगमा तुलसीपुरका सबै वडाहरुलाई लक्षित गरि तालिमको आयोजना हुनु सुखद पक्ष भएको बताए । उनले सिकेका कुरा व्यवहारमा लागु गरेर देखाउन सहभागिहरुलाई आग्रह गरे ।

‘तपाँईहरुको प्रयासले तुलसीपुर सुरक्षित हुन सक्ने छ,’ केसीले भने ‘ तालिमवाट सिकेको कुरा घर परिवार र समाजका अन्य सदस्यलाई पनि सिकाउन नभुल्नुहोला।’ कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले यूएसएआइडीको सहयोगलाई सकारात्मक रुपमा सदुपयोग गर्नुपर्ने बताए । ‘हामीले प्राप्त सहयोगलाई सृजनसिल भएर सही रुपमा सदुपयोग गर्न अति जरुरी छ,’ रिजालले भने ‘ त्यसपछि तुलसीपुरबासीलाई कोरोना भाइरस विरुद्ध लड्न सजिलो हुने छ।’कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसेले विपदको घडीमा सबैले हातेमालो गर्न जरुरी रहेको बताए । सरकारले जारी गरेको लकडाउनलाई गम्भीर रुपमा आत्मसाथ गर्दै कोरोना विरुद्धका अभियानहरु सहीरुपमा सदुपयोग गर्न सके कोरोनालाई हराउन सहज हुने उनको भनाई थियो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड – १९ को महामारीवाट कसरी जोगिने भन्ने बारे कार्ययोजना बनाउन तालिम आयोजना गरिएको हो । पाँच दिनसम्म सञ्चालन गरिने तालिममा प्रत्येक वडाबाट पाँच जनाका दरले सहभागिहरु हुने छन् । तालिम महामारीका लक्षण, जोगिने उपाय, जोखिम पहिचान, कसरी आवश्यक जनचेतना फैलाउने, क्वारेन्टिनको कसरी हेरचाहा गर्ने, संभावित लक्षण भएका विरामीलाई कसरी र कहाँ पठाउने भन्ने बारेमा केन्द्रित छ । कोभिड– १९ विरुद्ध द्रुत प्रतिकार्यका लागि सरोकारवालाहरुबीच नियन्त्रण तालिमका टिम लिडर विनिल केसीले दुधेनाबाट शनिवारदेखि सुरु भएको तालिम तुलसीपुरका १९ वटै वडामा पुग्ने जानकारी दिएका छन् ।

दुधेनाको तालिममा शनिवार तुलसीपुरका वडा नं. १, २, ३, ८ र ९ मा वडाको सहभागिता थिए । केसीका अनुसार आइतवार तुलसीपुर उद्योग वाणिज्यमा वडा नं. ४, ५, ६ र ७ नम्वर वडाका प्रतिनिधिहरुको तालिम हुने छ । तुलसीपुर उद्योग वाणिज्य संघका सचिव समेत रहेका केसीले सोमवार उरहरीमा वडा नं. १०, ११, १२ र १३, वडा नं. १५ को वडा कार्यालयमा मंगलवार वडा नं. १४, १५ र १६ को र बुधवार वडा नं. १७ को वडा कार्यालयमा १७, १८ र १९ नम्वर वडाका प्रतिनिधिहरुको तालिम आयोजना गर्ने योजना रहेको जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसी, रेडक्रसका विस्राम अधिकारी र थानेश्वर पोख्रेलले तालिम दिएका हुन । कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य संघका कार्यलय प्रमुख पारेश्वर भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *