२०८१ कार्तिक १९ गते सोमवार

ताप्लेजुङमा आगलागी हुँदा ७ घर जले नष्ट


वैशाख २० । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । आगो गएराति १० बजेदेखि लागेको र शनिबार बिहान ५ बजेतिर मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ।

भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *