
दाङ, बैशाख १९ । नेपालगन्जका कोरोना संक्रमित ६० वर्षीय व्यक्ति स्थानीय मस्जिदमा पढाउने शिक्षक रहेको खुल्न आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ डिएसपी रोड निवासी उनले वैशाख १३ गते अघिसम्म स्थानीय मस्जिदहरूमा मौलानाको रुपमा पढाउने गरका थिए । उनले कहाँ पठाउँथे ? भन्ने जानकारी भने स्थानीय प्रशासनले दिएको छैन ।
स्थानीय प्रशासनले बाँके जिल्लामा दुईदिन अगाडि मात्रै त धार्मिक स्थलहरूमा बस्नेहरूलाई खोजेर स्वाब परीक्षण सुरु गरेको थियो । त्यही क्रममा ६० वर्षीय धर्म गुरुमा संक्रमित पुष्टि भएको हो । बिहीबार मस्जिदमा बस्ने ११ जनाको स्वाब परीक्षण गरिएको थियो । बागेश्वरी मन्दिरमा बस्नेहरूको पनि स्वाब परीक्षण गरिएको भएपनि उनीहरुको रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिइएको छ ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बिरामीको अवस्था सामान्य रहेको र उनलाई शुक्रवार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लगिएको जानकारी दिए ।