२०७७ कार्तिक ८ गते शनिवार

तुलसीपुरमा एक हप्तासम्म विद्युत अवरुद्ध हुने


दाङ, मंसिर १० । दाङको तुलसीपुर क्षेत्रमा एक हप्तासम्म विद्युत अवरुद्ध हुने भएको छ । मंसिर १० गतेदेखि विहान ८ बजेदेखि १६ गते बेलुका ५ बजेसम्म तुलसीपुरको मुख्य बजार क्षेत्र लगाएका स्थानमा विधुत अवरुद्ध हुने भएको छ । कन्डक्टर अपग्रेडिङ तथा भोल्टेज सुधार गर्नको लागि मर्मत गर्नु पर्ने भएको हुँदा झन्डै एक हप्ता दिनसम्म दैनिक ९ घन्टा विद्युत अवरुद्ध हुने विद्युत वितरण केन्द्र तुलसीपुरका प्रमुख दिलिपकुमार चौधरीले जानकारी दिए ।

तुलसीपुर बजारको ‘क’, ख, ग र ‘ङ’ लाईनका साथै सल्यान रोड, त्रिशिद्धेश्वरी टोल, शिखर कोलनी टोल, स्याउली बजारमा एक हप्ता सम्म ९ घन्टा विद्युत अवरुद्ध हुने भएको छ । त्यसका साथै एयरपोर्ट र आँखा अस्पतालका फिडर आवश्यकता अनुसार बन्द हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *