२०८१ मङ्सिर १७ गते सोमवार

बम विस्फोटमा मारिएका ४ बालबालिकाको शव पोष्टमार्टम गर्न दाङ ल्याइदै

दाङ, वैशाख, १९ बम विस्फोटमा मारिएका रोल्पाका चार बालबालिकाको शव पोष्ट मार्टमका लागि दाङ ल्याउन लागिएको रोल्पाका जिल्ला प्रहरी प्रमुख  चक्रबहादुर गुरुङले शवहरु पोष्टमार्टम गर्नको लागि दाङको घोराहीमा पठाउन लागिएको जानकारी दिए

रोल्पाको होलेरीमा पोष्ट मार्टमको सुविधा नरहेको     लिवाङ लैजानु भन्दा  घोराही लैजान सजिलो हुने भएको हुँदा दाङ पठाउने निर्णयभएको गुरुङले बताए

दाङको घोराहीस्थित रिपुमर्दन गणवाट गएको नेपाली सेनालको टोलीले शुक्रवार दिउँसो १२ बजेपछि बालबालिकाको शवहरुनिकालेपछि घटनास्थलमा रहेको एउटा विस्फोट हुन बाँकी रहेको बम डिस्पोज गरेको डिएसपी गुरुङले जानकारी दिए

घटनास्थलमा विस्फोट नभएको बमपनि देखिएको हुँदा यसअघि शव निकाल्न सकिएको थिएन शव तथा घटनास्थलको सुरक्षा गर्नप्रहरी रातभर खटिएको थियो।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. को माईतेकापीना वनको एक हजार मिटर जति पश्चिमको उजारी खोला नजिकै विहीवारबेलुका बजेतिर भएको बम विस्फोटमा परि बाख्रा चराउन गएका चार बालबालिकाको मृत्यु भएको थियो

बम विस्फोटमा परि त्रिवेणी गाउँपालिका वडा नं. निवासी लालबहादुर खत्रीका वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदीविमला खत्री, त्रिवेणी का लक्ष्मण नेपालीका मामा घरमा गएका १३ वर्षीय छोरा गौरब नेपाली ओजबहादुर डाँगीका १४ वर्षीय छोरानोखिराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो।

ती बालबालिका माइतेकापीना भन्ने वनबाट बाख्रा चराएर घर तर्फ फर्किरहेका थिए

प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *