२०८३ असोज २६ गते सोमवार

मोटरसाईकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

दाङ, बैशाख १९ । बाँकेमा  बिहीवार राति भएको मोटरसाईकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।बाँकेको राप्तीसोनारीगाउँपालिका वडा नं. १ कुसुममा मोटरसाईकल दुर्घटना हुँदा  बर्दिया नगरपालिका –४ घर भएका प्रहरी जवान अनिल थारुको मृत्यु भएकोछ ।

उनी दाङबाट कोहलपुरतर्फ जानेक्रममा गएराति दुर्घटनामा परेको बाँके प्रहरीले जानकारी दिएको छ ।

घाइते थारुको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *