२०८२ जेष्ठ ४ गते शुक्रवार

गाईबाख्रा चराउन गएका थिए मारिने ४ बालक

तस्विर – धिरेन्द्र डाँगीको फेसबुकवाट ।

दाङ, बैशाख १८ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ बालवालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षिय नोखिराम डाँगी, वर्ष ११ बिमला खत्री, गौरव नेपाली १३ वर्ष र वर्ष ५ का विजय खत्री हुन ।

बमको ठूलो आवाज आएपछि हेर्न जाँदा ४ बालबालिकाको घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला परेकोे त्रिवेणी गाउँपालिका९२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए। घटनास्थलमा राइफलको गोली जस्तै देखिने बम पनि रहेकाले निष्क्रिय पार्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले बताए ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ। वस्तुभाउलाई घरतर्फ ल्याउँदै गर्दा बम बिस्फोट भएको र घटना स्थलमै ४ जनाको मृत्यू भएको रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले बताए । सोही स्थानमा अर्काे पड्किन बाँकी बम समेत रहेको उनले जानकारी दिए । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *