तुलसीपुर, बैशाख १८ । रोल्पामा बम विस्फोट चार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधवार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए ।
पुरानो बमलाई नचिनेर खेलाउने क्रममा उक्त घटना भएको प्रहरीले बताएको छ । घटनावारे थप विवरण आउन बाँकी नै छ ।
प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार