तुलसीपुर, वैशाख १८ । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले लिएको नगर स्तरिय आधारभुत तह उत्तिर्ण कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ । कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले नतिजाको सफ्टवेरमा क्लिक गरेर नतिजा सार्वजनिक गरेका हुन् । लकडाउनलाई मध्यनजर गरेर उपमहानगरपालिकाले सफ्टवेयरबाट मात्रै नतिजा सार्वजनिक गरेको हो ।
कोरोना संक्रमणका कारण निर्धारित समयभन्दा अगावै फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । ३१ वटा सामुदायिक विद्यालय र ५६ वटा संस्थागत विद्यालयको कक्षा ८ को परीक्षाफल प्रकासित भएको छ ।
परीक्षा समितिका सदस्य सचिव चक्र भण्डारीले सामदायिकबाट १ हजार ९ सय ७३ र संस्थागतबाट २ हजार ६७ विद्यार्थी सहभागी भएको जानकारी दिए । परीक्षामा सामेल विद्यार्थी मध्ये २ हजार २ सय ३५ छात्रा र १ हजार ५ छात्र थिए । शिक्षा शाखा प्रमुख भाष्कर गौतमले सामुदायिक भन्दा संस्थागत विद्यालयको नतिजा वढि आशाजनक रहेको वताए ।
विद्यालयहरुले नतिजा प्रकाशनको वेवसाईट iemis.doe.gov.np मा क्लिक गरेर विद्यालयको युजर नेम र पासवर्ड राखेपछि विद्यालयको नतिजा हेर्न सकिने छ ।