शरद रेग्मी,
तुलसीपुर, बैशाख,१८ ।दाङको दुधरासस्थित सोनापुर मिनरल्स प्रालिले २ सय क्विन्टल चामल सहयोग स्वरुप प्रदान गरेको छ । घोराही, तुलसिपुर उपमहानगरपालिकाका साथै कम्पनिको खानी क्षेत्रमा बिपन्न परिवारलाई राहात वितरण गर्न भन्दै उद्योगका महाप्रबन्धक हरि पाठकले त्यो जानकारी दिए ।
पाठकले घोराहीका मेयर नरुलाल चौधरीलाई बुधवार ३५ क्विन्टल चामल हस्तान्तरण गरेका छन् । उनले तुलसीपुरलाई ५५ क्विन्टल चामल प्रदान गरिने जानकारी दिए । उद्योगले सामाजिक उत्तरदायित्व बहन गर्दै खाद्यान्न प्रदान गरिएको महाप्रबन्धक पाठकले बताए ।
प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार