नन्दराम खड्का,
रोल्पा, बैशाख १८ । राजधानी लगाएत विभिन्न इट्टाभट्टाबाट फर्किएका मजदुर एक हप्ता क्वारेन्टिन बसाएर घर पठाउन थालिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाले ९ वटै वडाका बिद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरेर बाहिर जिल्लावाट आउनेहरुलाई हप्ता दिन त्यहाँ राख्दै आएको छ ।
स्वाच्थ्य चेक जाँच गर्दापनि कोरोना भाइरस सम्वन्धि कुनैपनि समस्या नभएकाहरुलाई घर पठाउन थालिएको छ । रुन्टीगढी वडा नं. ९ का चित्रबहादुर नेपालीले आफुलाई एक हप्ता क्वारेन्टाइनमा राखेर थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जानकारी दिए ।
वडा नम्बर ६ का अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता जगत घर्तीले कोरोनापछि कुनैपनि समस्या नभएका व्यक्तिहरुलाई घर जान दिइएको बताएका छन् । १ हजार ९ सय १ जना क्वारेन्टाइनमा बसेका मध्य हप्ता दिन पुगेका आधा बढी मजदुर घर फर्किएको उनले जानकारी दिए ।