२०७८ बैशाख २८ गते मङ्गलवार

तुलसीपुरमा यात्रुका लागि सञ्चालित भान्सा घर बन्द गरियो

तुलसीपुर, बैशाख १७ । तुलसीपुरमा यात्रुका लागि सञ्चालित भान्सा घर बन्द गरिएको छ । लकडाउनको समयमा विभिन्न कष्ट झेल्दै देशका विभिन्न जिल्लाहरु बाट तुलसीपुर आइपुग्ने यात्रुलाई निशुल्क रुपमा खाना खुवाउन भान्सा घर सञ्चालन गरिएको थियो । दुई हप्ताको अवधिमा २ हजार ५ सय बढी यात्रुलाई तुलसीपुरमा निशुल्क खाना,आवाश र यातायातको प्रवन्ध गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केरीले जानकारी दिए ।

सुरुमा पैदल यात्रुका लागि लक्षित गरि सञ्चालन गरिएको भान्सा घरमा पछि लकडाउन खुकुलो भएसंगै देशका विभिन्न क्षेत्रवाट यात्रुहरु आउने गरेका थिए । उनीहरुलाई निशुल्क नास्ता तथा खाना, यातायातको प्रवन्धका साथै आवासको समेत तुलसीपुरमा व्यवस्थापन गरिएको थियो ।त्यसको नेतृत्व तुलसीपुर उद्योग वाणिज्य संघले गरेको थियो । जसमा तुलसीपुर क्षेत्रमा क्रियासिल प्राय सबैजसो सामाजिक संघ संस्थाहरु आवद्ध थिए ।

प्रशासनले लकडाउन कार्यान्वयमा कडाई गरेपछि यात्रु आउन छोडेको हुँदा भान्सा घर हाललाई बन्द गरिएको सचिव केसीले जानकारी दिए । आवश्यक परेको खण्डमा जतिबेला पनि त्यसलाई सञ्चालन गर्ने निर्णय भएको संघका बाणिज्य संघका सचिव केसीले बताए । ‘हाललाई मानिसहरु आउन छोडेको हुँदा बन्द गर्नु परेको हो,’ सचिव केसीले भने ‘ त्यो साझा अभियान फेरि आवश्यक परे सञ्चालन गर्ने भन्ने छ।’

जन्मोत्सवमा ‘भान्सा घर’लाई सहयोग
तुलसीपुरका व्यवसायी दुर्गाबहादुर वलीले जन्मदिनको अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघले संचालन गरेको भान्सा घरलाई आर्थिक सहयोग गर्नुभएको छ । वलीले आफ्नो ५१औँ जन्मोत्सवको अवसरमा भान्सा घरलाई १२ हजार ५ सय २५ रुपैँया सहयोग गरेका हुन । उक्त रकम उनले तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतलाई हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *