२०७८ बैशाख २५ गते शनिवार

मंगलवार घोराहीमा विहान र दिउँसोपनि पसल खुले

तस्विर – रोषनमान श्रेष्ठको फेसबुकवाट ।तुलसीपुर, वैशाख १६ । दाङको घोराहीमा मंगलवार विहान र दिउँसो दुबै समय अत्यावश्यक सामाग्री किनमेल गर्ने मानिसहरुको भिडभाड रह्यो ।पहिलो पटक जिल्लामा विहान र दिउँसो दुबै समय बजार खुल्यो । जसले सर्वसाधारण मानिसहरु अलमलमा परे । दिउँसो किनमेल गर्ने मानिसहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिन थालेपछि झनै मानिसहरु अक्कन बक्क भएका छन् । उद्योग वाणिज्य संघले सोमवार विज्ञप्ति मार्फत मंगलवारदेखि दिउँसोमा बजार खोल्न आग्रह गरेको थियो ।

बाणिज्य संघले विहान अत्यावश्यक सामाग्री खरिदका लागि पसलहरु खोल्दा मोनिङवाकको बाहानामा अनावश्यक र धेरै मानिसहरुको जमघट हुन थालेको भन्दै मंगलवार विहान ११ बजेदेखि ३ घन्टा अत्यावश्यक सामाग्री किनमेल गर्न आह्वान गरेको थियो ।

तस्विर – रोषनमान श्रेष्ठको फेसबुकवाट ।

तर, स्थानीय प्रशासनले भने उद्योग वाणिज्य संघले एकलौटी ढंगले उक्त निर्णय गरेको दोषरोपन गर्दै त्यसलाई विफल तुल्याउन भूमिका खेल्न थालेको एक जना संघका पदाधिकारीले आरोप लगाएका छन् । ‘हिजो संगै बसेर छलफल भएको हो, तर आज प्रशासनले बाणिज्य संघले एकलौटी आह्वान ग¥यो भन्ने दोषारोपन गर्न थालेको छ,’ एकजना बाणिज्य संघका पदाधिकारीले भने ‘दिउँसो पसल खुल्ने कुरा कार्यान्वयन हुन सक्दै भन्ने कुरा प्रशासनकै मानिसहरुले गर्न थालेका छन्।’

उनले प्रशासन बाणिज्य संघको प्रयास विफल भएपछि यसअघि कै हप्तामा तीनदिन आइतवार, मंगलवार र शुक्रवार विहान मात्रै किनमेल गर्न पाउने गरि एकलौटी व्यवस्थापनमा लागेको उनले गुनासो गरे । आफुहरुले गरेको सहयोग र सेवालाई प्रशासनले नजरअन्दाज गर्न खोजेको उनले आरोप लगाए ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *