२०८१ बैशाख ११ गते मङ्गलवार

रौतहतका दुई युवामा कोरोना पुष्टी, संक्रमितको संख्या ५४ पुग्यो

दाङ, बैशाख १६ ।
रौतहटका दुई युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बृन्दावन नगरपालिकाका २४ वर्षीय एक युवक र अर्का देवाही गोनाही नगरपालिका वडा नं. १ निवासी ३५ वर्षीय अर्का एक युवकमा कोरोना देखिएको छ ।

२४ बर्षीय चैत २२ गते कलकत्ताबाट आएका थिए भने ३५ बर्षीय युवा बैशाख ४ गते दिल्लीबाट आएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

२४ बर्षीय युवामा यसअघि एकजनाको जनकपुरमा पिसिआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ आएको भएपनि काठमाडौंमा परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ । उनीहरूलाई दुबैजनालाई वीरगन्जस्थित नारायणी अस्पताल पठाइने भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या यो सँगै ५४ पुगेको छ । त्यसमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *