दाङ, बैशाख १५। लकडाउनको मौका छोपी वन क्षेत्रमा बाटो खनि रहेको पाइएपछि डिभिजन बन कार्यालय दाङको टोलिले चालकसहित एउटा स्क्याभेटर नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ स्थित च्यानगैरादेखि श्रीचौर जाने गोरेटोबाटोमा विना अनुमति स्क्याभेटर प्रयोग गरी बाटो खनिराखेको अवस्थामा शनिवार विहान साढे १ बजे वनको गस्ति टोलीले चालक र स्क्याभेटर नियन्त्रणमा लिएको छ ।
दुवीचौर राष्ट्रिय वन खण्डमा बाटो खनिरहेको अवस्थामा वंगलाचुली गाँउपालिका वडा नं. २ निवासी २५ बर्षीय थमबहादुर घर्ती मगरले र रा १ क ७५९ नम्बरको स्क्याभेटर नियन्त्रणमा लिइएको हो । त्यहाँ ४ देखि ८ मिटर सम्मको चौडा अन्दाजी ८ सय मिटर बाटो खनिसकेको भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिनु परेको वनका पदाधिकारीले जानकारी दिएका छन् ।
चालकलाई दाङ देउखुरी जिल्ला अदालतबाट भिडियो कन्फरेन्स मार्फत १५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको डिभिजन वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।