२०७८ बैशाख २८ गते मङ्गलवार

वनमा फेला परेको मोटार बम सेनाले डिस्पोज गर्यो


तुलसीपुर, वैशाख १५ । दाङको एक सामुदायिक वनमा फेला परेको मोटार बम नेपाली नेपाली सेनाले डिस्पोज गरेको छ । आइतवार दिउँसो राप्ती गाउँपालिका वडा नं. १ को रामजहरी सामुदायिक वनमा फेला परेको बम घोराहीवाट गएको सेनाले डिस्पोज गरेको हो ।

टुइञ्च मोटारमा लाग्ने (यूएसओ)बम आइतवार दिउँसो घोराहीस्थित रिपुमर्दन गणवाट गएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको दाङ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले फरककोणलाई जानकारी दिए । मेलापातका लागि जंगल गएका गएका स्थानीय महिलाहरुले बम जस्तो बस्तुलाई देखेपछि इलाका प्रहरी कार्यालय भालुवाङलाई खवर गरेका थिए ।

प्रहरी घटनास्थल पुगेर हेर्दा बिस्फोट नभएको बम देखेपछि घोराहीवाट डिस्पोजका लागि नेपाली सेनालाई बोलाएको थियो । त्यसपछि दिउँसो साढे ३ बजेतिर नेपाली सेनाको बम डिस्पोज टोलीले बम डिस्पोज गरेको डिएसपी खड्काले जानकारी दिए । बम डिस्पोज गर्दा ठूलो आवाजले विस्फोट भएको थियो । बम लगभग जिर्ण अवस्थामा फेला परेको हुँदा तत्कालिन युद्धका क्रममा नेकपा माओबादीले छोडेको हुन सक्ने डिएसपी खड्काले अनुमान गरे ।

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *