२०८२ माघ २९ गते बिहिवार

बालुवा गिट्टी तस्करहरुले धान झुल्ने खेत बर्बाद पारिदिए


शिव राज खनाल,
लमही, वैशाख १४ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुरस्थित बगारबाबा बालुवा प्रशोधन उद्योगले निजी आवादी जग्गाबाट नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन् गरेको तथ्य फेला परेको छ । बालुवा प्रशोधन उद्योगले सम्बन्धित जग्गा धनिलाई जानकारी नै नदिएर निजी जग्गाबाट नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएको छ । जग्गामा नदीजन्य पदार्थ थुपार्ने भनी उद्योगले ठेक्का लिएको भएपनि त्यस विपरित जग्गा धनिलाई थाहा नै नदिएर उत्खनन् गरेपछि बिवाद चुलिएको छ ।

सम्बन्धित जग्गा धनिहरुले उद्योग सञ्चालकलाई क्षतिपुततिसहित कारबाहीको माग गरेका छन् । लमही नगरपालिका वडा नम्बर ७ का गोपाल केसी, डिल्लीबहादुर केसी र तिलकराम केसीको १८ कठ्ठा ९ धुर क्षेत्रफल रहेको निजी जग्गामा मनपरी उत्खनन् गरिएपछि उनीहरुले क्षतिपुर्ती तथा कारवाहीको माग गरेका छन् ।

६० देखि ८० सेन्टिमिटर गहिराई सम्म नदीजन्य पदार्थ उत्खन्न् गर्नुपर्ने कार्यबिधिमा भएपनि उनीहरुको जग्गामा ३÷४ मिटर गहिराई सम्म उत्खनन् गरिएको सम्वन्धित जग्गा धनिहरुले बताएका छन् । यसैबीच खलमही नगरपालिका स्तरिय नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि बितरण अनुगमन समितिका सदस्य किशोरकुमार घर्ती मगरको नेतृत्वमा स्थानीय सहितको टोलीले आईतबार मनपरी उत्खनन् भएको भनिएको क्षेत्रको नापजोग समेत गरेको छ ।

अनुगमन टोलीमा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे, साँसद दामा शर्मा, जिल्ला समन्वय समितिका पदाधिकारीको सहभागिता थियो । उक्त टोलीले त्यहाँ लम्बाई १ सय ३२ फुट, चौडाई ७७ फुट अर्थात ३÷४ मिटर गहिराई सम्म उत्खनन् गरेको पाइएको उल्लेख गरेको छ ।

नगरप्रमुख केसीले उत्खनन् मापदण्ड विपरित भएको भन्दै तत्काल कारबाहीको लागि कदम चाल्ने बताएका छन् । लमही ७ नम्वरका वडाध्यक्ष मोहन गिरीले पनि वडा कार्यालयले उत्खनन्का लागि कुनै किसिमको सिफारिस नदिएको बताएका छन् । अनुगमन समितिका घर्तीले स्थलको परिमाण निकालेपछि जरिवानासहित राजस्व तिराउन सिफारिस गर्ने बताए । तोकिएको मापदण्ड विपरित चोरी निकासी गर्न कसैलाई पनि छुट नभएको उनले स्पष्ट पारे । उनले मापदण्ड विपरित भएको पाइए कारवाही हुने बताए ।

तर क्रसर उद्योगका सञ्चालक खिमबहादुर बुढाथोकीले माछा पालनको लागि उत्खनन् गरेको भन्दै बचाउ गर्न खोजेका छन् । तर उनले उक्त जग्गाबाट निकालिएको नदी जन्य पदार्थ भने लगिसकेका छन् । निजी जग्गा उत्खननका लागि छिमेकी जग्गा धनी संगपनि सहमति लिनुपर्ने प्राब्धान छ ।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *