काठमाडौं, वैशाख, १४ । बीरगञ्जमा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा परीनाम पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्जको अशोक बाटिका निवासी २३ वर्षीया ती युवतीको मृत्यु नारायणी अस्पतालमा शनिवार भएको थियो ।
उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।ब्लड क्यान्सरी विरामी ती युवतीलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पताल प्रशासनले जानकारी दिएको छ ।
शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँ दूई पटक आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि नारायणी अस्पतालको टोलीले फेरि पनि ¥यापिड टेस्ट गर्दापनि एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । त्यही क्रममा उनको शनिबार मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
मृतकको स्वाबको परीनाम भने आउन बाँकी नै रहेको छ ।