काठमाडौं, वैशाख १३ । तिलगंगा अस्पताल नजिकै कारले ठक्कर दिँदा ट्राफिक प्रहरी जवान घाइते भएकी छिन्। शनिबार साँझ बा २१ च८५३० नम्बरको कारले ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान राधा चन्दलाई ठक्कर दिएको हो।
चन्दको उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा पठाइएको डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिए। ‘उनले भने,’खुट्टा फ्र्याक्चर भएको छ अरू उपचार हुँदैछ।’ प्रहरीले कारका चालक विक्रम राईलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार