२०८१ चैत्र १४ गते बिहिवार

प्रतिष्ठानले कपुरकोटलाई स्वास्थ्य सामाग्री दियो


सल्यान, बैशाख, १३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ र कपुरकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।प्रतिष्ठानले शनिवार गाउँपालिकालार्य तीन सेट पिपिई र एकसय थान सर्जिकल मास्क प्रदान गरेको छ ।

सल्यानको कपुरकोटमा स्वास्थ्य सामग्रीसहित आएको प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीसहितको चिकित्सकको टोलीसंग गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनसंग कोराना नियन्त्रण र रोकथामका बारेमा छलफल समेत गरेको छ । पछिल्लो समय देशका विभिन्न जिल्लाबाट सयौँको संख्यामा सर्वसाधारण नागरिकहरु फर्किरहेको हुँदा कोरोना परीक्षणका लागि सहयोग गरिदिन अध्यक्ष सेनले उपकुलपति भण्डारीलाई आग्रह गरेको थिए ।

सल्यान जिल्ला आफ्नो सेवा क्षेत्रमै पर्ने भन्दै उपकुलपति भण्डारीले गाउँपालिकासंग समन्वय गरेर पिसीआर प्रविधिबाट कोरोना परीक्षण गरिने बताएकी छिन । तर त्यसका लागि उच्च जोखिममा रहेका समूह वा व्यक्ति छनौट गर्न उनले आग्रह गरेको कपुरकोटका कोरोना फोकल पर्सन देवेन्द्रकुमार सेनले जानकारी दिए । प्रतिष्ठानका प्राध्यापक डा. प्रल्हाल कार्की, तुलसी हस्पिटल तुलसिपुरका वरिष्ठ वाल रोग विशेषज्ञ डा. किशोर खत्री, डा. सागर पन्थी लगाएतपनि कपुरकोट पुगेका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *