
दाङ, बैशाख १३ । डिभिजन वन कार्यालयले कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा करिब तीन लाख रुपैंया जम्मा गरेको छ । वन कार्यालयमा कार्यरत ७९ जना कर्मचारीहरुले प्रदेश नम्बर ५ को कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा २ लाख ७७ हजार ३ सय ५४ रुपैंया जम्मा गरेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोराना भाईरस आपत्कालिन नियन्त्रण तथा उपचार कोषको नाममा नेपाल राष्ट्रिय वाणिज्य वैंक बुटवल रुपन्देहीमा रहेको वैंक खातामा त्यो रकम जम्मा गरेको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
डिभिजन वन कार्यालय तथा अन्तर्गतका ८ वटा सव डिभिजन वन कार्यालयमा कार्यरत २० जना छेठौंदेखि दशौं स्तरसम्मका अधिकृतहरुले जनही दिनका दरले र सहायक कर्मचारीहरुले तीन दिनका दरले सहयोग रकम जम्मा गरेको केसीले बताए ।
क्वारेन्टाईन र आईसोलेसनमा रहेकाहरुको व्यवस्थापनामा खर्च गर्न सहयोग पुगोस भने उक्त रकम प्रदान गरिएको केसीले जानकारी दिएका छन् ।