२०८१ माघ २६ गते शनिवार

वन्यजन्तु ओत र हुचिलको बच्चाको उद्धार


हेमराज शर्मा,
दाङ, बैशाख १३ । तुलसीपुरको हेमन्तपुरबाट लोपोन्मुख बन्यजन्तु ओत र हुचिलको बच्चाको उद्धार गरिएको छ ।तुलसिपुर उपमहानगरपालिका वडा न १८ हेमन्तुर स्थित वडा कार्यालय नजिकैबाट डिभिजन वन कार्यालय दाङले शनिवार स्थानीयको सहयोगमा ती पशु पंक्षिको उद्धार गरेको हो ।

दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले पर्यावरणिय दिगो विकाश र अनुसन्धान केन्दका अध्यक्ष डिल्लीबहादुर रावतको प्रयास तथा स्थानीयबासीको सहयोगमा हुचिलको बच्चा र टाउकोमा चोट रहेको ओतको जिवितै उद्धार गर्न संभन भएको बताएका छन् । उद्धार पछि आवश्यक व्यवस्थापन एवं औषधि उपचारका ती दुई वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा लगिएको छ ।

शिकारीले गुलेली प्रयोग गरि हानेको ढुंगा टाउकोमा लागेपछि आत्तिएर बन्य जन्तु ओत वस्ति नजिक आएको हुनसक्ने अनुनमा गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले बताए । यस अघि डिभिजन वन कार्यालयले रतुवा, चित्तल, गोमन सर्प उद्धार गरि उपचार पछि पुनः सुरक्षित प्राकृतिक बासस्थनमा छोडेको केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *