२०७८ जेष्ठ २ गते आइतवार

चारवटा कसुर गरेको अभियोगमा रावत पक्राउ


दाङ, बैशाख १३ । जिल्ला प्रहरी कार्यालय सल्यानले चारवटा कसुर गरेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । हातहतियार तथा खरखजना, अपराधिक प्रवेश तथा सार्वजनकि शान्ति विरुद्धको कसुरमा ४६ बर्षीय भिमबहादुर रावतलाई पक्राउ गरिएको छ । रावतमाथि असोज, कात्तिक, मंसिर र फागुन महिनामा समेत विभिन्न कसुर गरेको अभियोग रहेको प्रहरीले बताएको छ ।

सल्यानका प्रहरी प्रबक्ता उमाकान्त जोसीका अनुसार सल्यानको कुमाख गाउँपालिका वडा नं. २ निवासी रावतलाई इलाका प्रहरी कार्यालय रागेचौरको टोलीले बैशाख ११ गते पक्राउ गरेको हो । रावतलाई कुमाख गाउँपालिका वडा नं. ४ स्थित भेरी नदीको किनारवाट पक्राउ गरिएको प्रहरी प्रबक्ता जोसीले जानकारी दिए ।

पक्राउ परेका रावतलाई अदालतमा उपस्थित गराइएकोमा शुक्रवार जिल्ला अदालत सल्यानले १५ दिनको म्याद थप गरि अनुसन्धान गर्न अनुमति दिएको प्रबक्ता जोसीले बताए । रावतलाई इप्रका थारमारेको हिरासतमा राखिएको छ । स्रोतका अनुसार रावत सरकारद्धारा प्रतिवन्धित विप्लव समुहका नेता हुन ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *