दाङ, वैशाख १२ । नायक आकाश श्रेष्ठले यात्रुलाई खाना खुवाउन भन्दै ५१ हजार नगद सयहयोग प्रदान गरेका छन् ।दाङको तुलसीपुर निवासी श्रेष्ठले तुलसीपुरमा आउने यात्रुलाई खाना र खाजा खुवाउन सजिलो होस भनेर उक्त सहयोग प्रदान गरिएको जानकारी दिए । नायक श्रेष्ठले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतलाई उक्त रकमसहितको चेक हस्तान्तरण गरेका हुन ।
पछिल्लो समय ‘पोइ प¥यो काले’ नामक चलचित्र खेलका नायक श्रेष्ठले आधा दर्जन जति चलचित्रमा खेलि सकेका छन् । त्यसैगरी तुलसीपुर मुस्लिम समाजले नगद १५ हजार आर्थिक सहयोग गरेको छ । तुलसीपुर बजार क्षेत्रमा रहेका २५ वटा बैंकले २५ क्विन्टल चामल प्रदान गरेका छन् ।
काठमाडौं, पोखरा, विराटनगर लगाएत देशका विभिन्न क्षेत्रबाट फर्किरहेका मदजुरलाई तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा तुलसीपुरमा विगत एक हप्तादेखि निशुल्क रुपमा खाना र खाजा खुवाउँदै आइएको छ ।
विभिन्न संघ संस्था मिलेर तुलसीपुर आउने मजदुर तथा यात्रुलाई बासस्थानका साथै निशुल्क यातायातको सुविधापनि दिइदै आइएको बाणिज्य संघका सचिव विनिल केसीले जानकारी दिए । उनले एक हप्ताको अबधिमा एक महिना भन्दा बढी समयदेखि जारी लकडाउनका कारण बेखर्ची भएर आइपुगेका झन्डै दुई हजार मजदुरलाई तुलसीपुरवाट गनतब्यसम्म पु¥याइएको जानकारी दिए ।