२०८१ बैशाख १३ गते बिहिवार

विमल रिजालले दिए पत्रकारलाई ४५ हजारको स्वास्थ्य सामाग्री

तस्विर – सुशील बस्नेत ।

तुलसीपुर,बैशाख १२ । तुलसीपुरका युवा व्यवसायी विमल रिजालले पत्रकारलाई ४५ हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । तुलसीपुर क्षेत्रका १५ बढी सञ्चार गृहमा आवद्ध झण्डै ६० जना पत्रकारलाई पुग्ने गरि रिजालले एन १७ मास्क, सेनिटाईजर, ग्लोब्स र सर्जिकल मास्क निशुल्क रुपमा प्रदान गरेका छन् ।

समाचार संकलनमा खटिने पत्रकार कोरोना भाइरसको उच्च जोखिममा रहने हुँदा कोरोनावाट सुरक्षित राख्न आफुले ती स्वास्थय सामाग्री प्रदान गरेको रिजालले जानकारी दिए । तुलसीपुर उधोग बाणिज्य संघका पूर्व अध्यक्ष रिजालले आफु सुरक्षित रहेर मात्रै काम गर्न सल्लाहपनि दिएका छन् ।

सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष अर्जुन गिरी,राष्ट्रिय सामाचार समितिकी नारायणी रजौरे, तुलसीपुर एफएमका समाचार सम्पदाक सुशील बस्नेतलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । रातदिन सूचना संकलनका लागि खटिने पत्रकारको स्वास्थ्य प्रति चिन्ता र चासो राख्दै निशुल्क रुपमा स्वास्थ्य सामाग्री विरतण गरेकोमा व्यवसायी रिजाललाई पत्रकारहरुले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *