२०७८ बैशाख २५ गते शनिवार

जिब्रोको पीडा सहन नसकेर वडा सचिवले गरे आत्महत्या

तुलसीपुर, बैशाख ११ । विहीवार वडा कार्यालय भित्रै मृत अवस्थामा फेला परेका वडा सचिवको सुसाईड नोट फेला परेको छ । बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिव हरिप्रशाद पन्थिले आत्महत्या गर्नु अगाडि लेखेको सुसाईड नोटमा जिब्रोको पीडा सहन गर्न नसकेर आत्महत्या गरेको भन्ने कुरा उल्लेख छ ।

एक प्रहरी अधिकारीले भने ‘वडा सचिवले आत्महत्या गर्नु पूर्व लेखेको सुसाईड नोटमा आफुलाई जिब्रोको क्यान्सरले सारै दुःख दिएको र त्यसको पीडा सहन गर्न नसकेर आत्महत्या गरेको भन्ने कु्रा उल्लेख छ।’वडा सचिवले आफुले आत्महत्या गर्नुमा कसैको दोष नरहेको र कसैलाई पनि दुःख नदिनु भन्ने आशय समेत व्यक्त गरेको पाइएको ती प्रहरी अधिकारीले बताए ।

३६ बर्षीय पन्थिले दुई महिना पहिले मात्रै लोकसेवामा नाम निकालेपछि बबई गाउँपालिका पुगेका थिए । बबई गाउँपालिकाले उनलाई वडा नं. १ को वडा सचिवको रुपमा खटाएको थियो ।
कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ का बासिन्दा उनी गंगटेस्थित वडा कार्यालयमा नै बस्दै आएका थिए ।

कार्यालय भित्रै विहीवार विहान ८ बजेतिर उनले आत्महत्या गरेका थिए । प्रहरीले उनका घर परिवारका सदस्य त्यहाँ पुगेपछि मात्रै ढोका खोलेर शव निकालेको थियो । उनी वडा कार्यालयको भित्रै चुक्कुल लगाएर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
घटनावारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *