२०७८ बैशाख ३१ गते शुक्रवार

तुलसीपुर १२ मा विरबर खड्काको नेतृत्वमा खाद्यान्न वितरण


तुलसीपुर, बैशाख १० । अनेराश्ववियु केन्द्रीय अनुसासन आयोगका सदस्य तथा पूर्व जिल्ला अध्यक्ष विरबल खड्काको नेतृत्वमा खाद्यान्न वितरण गरिएको छ । बुधवार २५ किलोको ५८ बोरा चामल ५८ जनालाई वितरण गरिएको खड्काले जानकारी दिए ।

बुधवार वितरण गरिएको राहात राष्ट्रिय सभासदस्य कोमल वलीले ३० बोरा, जापानमा बस्दै आएका अखिलका क्रान्तिकारीका पूर्व जिल्ला सहसंयोजक सुवाश बस्नेत, अनेरास्ववियु पूर्व जिल्ला सचिवालय सदस्य द्धय नारायण बुढा र कविराम केसीबाट संयुक्त रुपमा २५ बोरा चामल र खड्काले पाँच बोरा चामल राहातका लागि प्रदान गरेका थिए ।

‘सेवा नै धर्म हो’ भन्ने मान्नेताका साथ आफुहरुले गरिव तथा विपन्न परिवारलाई बुधवार १ हजार ४ सय ५० किलो चामल वितरण गरेको र थप पाँच बोरा चामल वितरण गर्न बाँकी रहेको खड्काले फरककोणलाई बताए ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *