२०८१ कार्तिक १८ गते आइतवार

कपुरकोटमा ५ सय ७७ जना क्वारेन्टाइनमा


शंकर केसी,
सल्यान, बैशाख १० ।सल्यानको कपुरकोट गाउँपालिकामा देशका विभिन्न स्थानबाट आएका पाँच सय ७७ जना व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएका छन् । कोरोना भाईरसको संक्रमण रोकथाम र जोखिमबाट जोगिन बुधवारसम्म एक सय ८७ महिला र तीन सय ९० जना पुरुष गरी जम्मा पाँच सय ७७ जना आएका छन् ।

उनीहरु सबैलाई समुदायले व्यवस्था गरेको छुटै स्थानमा राखिएको छ । कपुरकोटका कोरोना फोकल पर्सन देवेन्द्रकुमार सेनले गाउँपालिकाका विभिन्न १९ स्थानमा उनीहरुलाई राखिएको जानकारी दिएका छन् । वडा नं. १ मा महिला ८९, पुरुष ११६ जना, वडा नं. २ मा महिला २२, पुरुष ५४ जना, वडा नं. ३ मा महिला ४, पुरुष १३ जनालाई राखिएको छ ।

त्यस्तै वडा नम्बर ४ मा महिला ४, पुरुष २७ जना, वडा नं. ५ मा महिला ४३, पुरुष १४१ र वडा नं. ६ मा महिला २५, पुरुष ३९ जनालाई राखिएको छ ।सम्बन्धित वडामा रहेका सामुदायिक विद्यालयका भवनमा उनीहरुलाई राखिएको छ । उनीहरुको रेखदेखको लागि समुदायबाट नै स्वयमसेवकहरु खटिएका छन् ।

ती क्वारेन्टाईनहरुका गाउँपालिकाले विभिन्न स्वास्थ्य र सरसफाईख सामग्री पठाउन शुरु गरेको छ । स्यानेटाईजर, मास्क, फिनेल, हर्पिक लगाएतका सामग्री वडा नम्बर १, २ र ५ मा पठाइएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालका अनुसार अन्य वडाहरुमा पनि स्वास्थ्य सामाग्री पठाइने भएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *