२०८१ मङ्सिर १७ गते सोमवार

कपुरकोटमा २ सय ७६ जना क्वारेन्टाईनमा

शंकर केसी,
सल्यान, बैशाख १० ।सल्यानको कपुरकोट गाउँपालिकाले दुई सय ७६ जनालाई मंगलवार क्वारेन्टाईनमा राखेको छ । काठमाडौं, भक्तपुर, ललितपुर लगाएत विभिन्न ईट्टा भट्टाबाट आएका मजदुरलाई उस्ले क्वारेन्टाइनमा राखेको हो । त्यसमा बागलुङ, स्याङ्जा, धादिङ, नुवाकोट, रसुवा लगाएतका जिल्लाबाट आएकाहरु पनि छन ।

विभिन्न जिल्लाहरुमा अलपत्र परेका श्रमिकलाई उद्धार गरेर ल्याइएको र कोरोना भाइरससंग जोगिन क्वारेन्टाइनमा राखिएको अध्यक्ष भिमबहादुर सेनले जानकारी दिए । सोमबार एक सय ४६ जनालाई क्वारेन्टाईनमा राखिएको थियो । त्यसका लागि गाउँपालिकाले पालिका स्तरिय क्वारेन्टाईन निर्माण गरेको छ भने हरेक वडामा सामुदायिक क्वारेन्टाईन निर्माण गरिएको छ ।

भारत लगाएतका तेश्रो मुलुकबाट आएका ५१ जना मध्ये ११ जनाको पिसीआर टेष्ट गरिएको थियो । त्यसमध्य ३६ जनाको ¥यापिड टेष्ट गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *