२०८३ मङ्सिर १० गते बुधवार

राजपुरमा सर्पदंशवाट एक महिलाको मृत्यु

तुलसीपुर, वैशाख ९ ।  सर्पदंशवाट मंगलवार बेलुका एक महिलाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका वडा नं. ५ निवासी ३३बर्षीया सुनिता यादबको सर्पदंशवाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बेलुका ५ बजेर १० मिनेट जाँदा विषालु सर्पले यावदलाई घर भित्रै डसेको थियो ।  लगतै यादवलाई लमही अस्पताला पुर्याइएको भएपनिचिकित्सकले उनलाई ५ बजेर २५ मिनेट जाँदा मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार शिरक भित्र लुकेर बसेको विषालु सर्पले शिरक मिलाउने क्रममा यादवलाई दाहिने गालामा डसेको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *