२०८१ माघ ३० गते बुधवार

इट्टा व्यवसायीले दिए १५ सय किलो चामल सहयोग

 

फाइल तस्बिर

शालिकराम मुसाफिर,
लहलौरा, बैशाख ९ । तुलसीपुर उपमहानगरपालिका १६ नं. स्थित सामुदायिक होम क्वारेन्टाइनलाई इट्टा व्यवसायीले खाद्यान्न सहयोग गरेका छन् ।वडा नम्वर १६ मा सञ्चाल हुँदै आएका तीन वटा इट्टा उद्योगले १५ क्विन्टल चामल सहयोग स्वरुप प्रदान गरेका हुन ।

स्थानीय एमटी फिक्स चिम्नी इट्टा उद्योगका प्रोप्राईटर मधुसदन खत्रीले चार कुइन्टल, सार्थक चिम्नी इट्टा उद्योगका प्रोप्राईटर देवेन्द्र केसीले दश कुइन्टल, प्रेमलाल खत्रीले १ कुइन्टल चामल प्रदान गरेका छन् ।

क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र केसीले लक्ष्मी आधारभूत विद्यालयमा निर्मित क्वारेन्टाइनलाई मंगलवार १५क्विन्टल चामल सहयोग प्राप्त भएको जानकारी दिएका छन् ।२० बेड क्षमताको सामुदायिक होम क्वारेन्टाइमा हाल १० जना जिल्ला बाहिरबाट आएका नागरिकहरुलाई राखिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *