२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुर १६ मा २० बेडको क्वारेन्टाइन निर्माण


शालिकराम मुसाफिर,
बैशाख, लहलौरा ९ । तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा समितिको कार्यालयले वडा स्तरको सामुदायिक होम कोरेन्टाइन स्थापना गरेको छ । बैशाख ७ गते बसेको सर्वदलीय बैठकले लक्ष्मी आधारभूत विद्यालयमा २० जना व्यक्ति बस्न मिल्ने वडा स्तरको सामुदायिक होम क्वारेन्टाइन स्थापना गरेको हो ।

सात गते बसेको सर्वदलीय बैठकले व्यवस्थापनको लागि वडा अध्यक्ष भूपबहादुर केसीको संयोजकत्वमा १५ सदस्य मूल समिति गठन गरेकोे छ । जसको ब्यवस्थापन समितिको सदस्य सचिव राजेन्द्र केसी रहेका छन् । हाल उक्त वडा स्तरको सामुदायिक होम कोरेन्टाइमा १० जना जिल्ला बाहिरबाट आएका नागरिकहरु राखिएका छन् ।

त्यहा बस्ने सबै व्यक्तिहरुलाई वडा कार्यालय र स्वास्थ्य महाशाखा तुलसीपुरले आवश्यक व्यवस्थापन गर्ने वडा अध्यक्ष केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *