२०८१ माघ १० गते बिहिवार

श्रीमतीको चिर्पट प्रहारबाट घाइते श्रीमानको मृत्यु

तुलसीपुर बैशाख ८ । श्रीमतीको चिपर्ट प्रहारबाट गम्भीर घाइते श्रीमानको उपचारका क्रममा मृत्यु भएको छ ।प्यूठान जिल्लाको माण्डबी गाउँपालिका वडा नं. २ रातोपानी निवासी ४० बर्षीय गुमानबहादुर अधिकारी आफ्नै श्रीमती ३५ बर्षीया निशा अधिकारीको चिर्पट प्रहारबाट गम्भीर घाईते भएकोमा उनको उपचारका क्रममा मृत्यु भएको छ ।

दाङ जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ५ साकिनेस्थित माइतीमा बस्दै आएकी निशाले बैशाख ४ गते दिउँसो गुमानबहादुर अधिकारीलाई मदिरा सेवन गरि आएको निहुमा टाउकोमा चिर्पटले प्रहार गरि सक्त घाइते तुल्याइएकी थिइन । घाइते गुमानको दाङको घोराहीमा उपचार संभव नभएपछि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा बैशाख ६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरी स्रोतका अुनसार गुमान झन्डै एक हप्तादिन अगाडि मात्रै छिमेकी देश भारतवाट घर आएका थिए । गुमानको दुई दिन अगाडि मृत्यु भइसकेको भएपनि कोरोना भाइरसको लागि स्वाब टेष्टको रिपार्ट बैशाख ८ गते आएपछि मात्रै प्रहरीले घटना सार्वजनिक गरेको हो । मृतकमा कोरोना हुन सक्ने आशंकामा त्यस्तो गर्नु परेको प्रहरीले बताएको छ । निशालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *