२०७८ बैशाख २५ गते शनिवार

तुलसीपुरवाट झन्डै ७ सय पैदल यात्रुलाई पहडी जिल्ला पठाइयो

तस्बिर : विनिल केसी

तुलसीपुर, वैशाख ८ । विगत तीन दिनको अवधिमा तुलसीपुरवाट झन्डै सात सय पैदल यात्रुलाई गनतब्वय सम्म पठाइएको छ । त्यसमा तुलसीपुर क्षेत्रका आधा दर्जन जति सामाजिक संघ संस्थाहरुले उदाहरणिय भूमिका निर्वाह गरेका छन् । विभन्नि जिल्लावाट आएका पैदल यात्रुलाई तुलसीपुरमै खाना खुवाउने र गनतब्य सम्म पुर्याउने कार्यको नेतृत्व भने तुलसीपुर उद्योग वाणिज्य संघले लिएको छ ।

बाणिज्य संघका सचिव विनिल केसीका अनुसार सोमवार दिउँसोसम्म दुई सय ५७ यात्रुलाई सल्यान, रुकुम र कालीमाटी तर्फ पठाइएको छ । सोमवार बेलुका सम्म थप ६५ जनालाई गततब्यमा पठाइएको छ ।

तुलसीपुर क्षेत्रवाट दिउँसो सम्म ६ सय ६५ पैदल यात्रुलाई विभिन्न जिल्ला पठाइको थियो । त्यसमा अरु ६५ जनाजति थपिएपछि त्यो संख्या सात सय बढी पुगेको सचिव केसीले जानकारी दिए । चैत ११ गतेदेखि जारी लकडाउन बैशाख ८ गतेसम्म आइपुग्दा देशका विभिन्न क्षेत्रवाट मानिसहरु कष्टकर पैदल यात्रा गरेरै भएपनि गनतब्यमा जान खोजेको देखेपछि तुलसीपुर उपमहानगरपालिका तथा यसक्षेत्रका सामाजिक संघ संस्थाहरुले उनीहरुलाई गनतब्यसम्म पुर्याउन उदाहरणिय कार्य प्रस्तुत गरेका छन् ।

जिल्लाको हापुर र सल्याको श्रीनगर सम्म जानको लागि तुलसीपुर उपमहानगरपालिकाले बसमा इन्धन भरिदिने गरेको छ । त्यो भन्दा पनि टाढा जानु परेमा सम्वन्धित ठाउँका स्थानीय तहहरु संग इन्धनको सहयोग माग्ने गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले जानकारी दिए । बसहरु भने त्रिशिद्धेश्वरी राप्ती यातायात प्राली, अम्बिकेश्वरी यातायात प्रालि लगाएकाले उपलब्ध गराएका छन् ।

तुलसीपुरमा जम्मा हुने सबै यात्रुलाई खाना खुवाउनका लागि आवश्यक चामल र दाल भने तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले हालसम्म एक्लै दिदै आएका छन् । ‘हालसम्म तुलसीपुरमा आएका झन्डै ७ सय जतिलाई खाना खुवाइयो र त्यो सबै खाद्यान्न विमल रिजालले नै दिदै आउनु भएको छ ,’ सचिव केसीले भने ।

तस्बिर : विनिल केसी

लकडाउनका कारण समस्यामा परेका मजदुर तथा पैदल यात्रुलाई तुलसीपुरमा खाना, आवास र यातायातको सुविधा समेत प्रदान गर्न रोट्रयाक्ट क्लव, रोटरी क्लव, तुलसीपुर नगर जेसिज, लायन्स र लियो क्लवका पदाधिकारीहरु पनि रातदिन खटिएका छन् ।

‘सेवा नै धर्म हो भन्ने मान्नेतका साथ हामीले तुलसीपुरमा साझा अभियान चलाएका छौं,’ केसीले थपे ‘विपदको समयमा आपसमा हातेमालो गर्ने सबै प्रति तुलसीपुर उद्योग वाणिज्य संघ आभारी छ।’पछि अन्य संघ संस्थाहरु पनि जोडिदै जाने र विभिन्न व्यक्तिहरुले सहयोग समेत संकलनको प्रयास समेत जारी राखेको सचिव केसीले बताए । ‘ यो विपदको घडीमा तुलसीपुरले एउटा सन्देश प्रवाह गर्न सकेको छ , एउटा उदाहरणिय कार्य गरेको छ,’ सचिव केसीले भने ‘तुलसीपुरका मयेरको भूमिकापनि निकै सह्रायिन छ।’

नेतृत्व कर्ता संगठन भएको नाताले भविस्यमा पनि यसैगरी मानव सेवामा प्रतिवद्ध भएर खटिन उनले तुलसीपुर क्षेत्रका सबै व्यवासीहरुलाई अपिल पनि गरेका थिए । उनले आएका सबै यात्रुको स्वास्थ्य चेकजाँच पछि मात्रै पठाइएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *