२०८१ माघ २६ गते शनिवार

महिलाको संस्थाले गर्यो ८ लाख बढी सहयोग


घोराही, वैशाख ८ । लकडाउनको समयमा हुन सक्ने खाद्यान्य अभावलाई मध्यनजर गर्दै महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेड घोराहीले नगद र खाद्यान्य सहयोग गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्र रहेका स्थानीय तहहरुलाई खाद्यान्न हस्ताणतरण गरेको छ । पहिलो चरणमा दाङ र प्यूठानमा नगद सहित खाद्यान्न सहयोग गरिएको छ । विपदको समयमा समुदायमा तथा संस्थामा आवद्ध बिपन्न, सिमान्तकृत तथा जनजाती सदस्यहरुलाई सहयोग प्रदान गर्ने उदेश्यले सहयोग हस्तान्तरण गएिको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले बताइन ।

दुई जिल्लाका स्थानीय तहहरुलाई ७ लाख ३० हजार ७ सय बराबरको सहयोग अनुदान प्रदान गरिएको उनले बताइन । दाङमा ४ लाख ३८ हजार रुपैंया, प्यूठानमा २ लाख ९२ हजार ७ सय रुपैंया वितरण गरिएको छ ।

त्यसैगरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गतका बालबालिकाको परिवारलाई एक लाख बराबरको खाद्यान्य र नगद गरि ८ लाख ३० हजार ७ सय रुपैंया बराबरको अनुदान सहयोग गरिएको योगीले जानकारी दिइन । दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, बबई, दंगिशरण, शान्तिनगर, राजपुर,गढवा र राप्ती गाँउपालिकामा उक्त सहयोग प्रदान गरिएको छ ।
त्यसैगरी प्यूठानको स्वर्गद्धारी र प्यूठान नगरपालिका, नौबहिनी, ऐरावती, मल्लरानी, सरुमारानी र झिमरुक गाँउपालिकामा राहात प्रदान गरिएको योगीले बताइन ।

संस्थाले घोराहीलाई हात धुने साबुन खरिद गर्नकालागि नगद ४५ हजार ६ सय रुपैंया, तुलसीपुरलाई १५ क्विन्टल चामल, शान्तिनगर गाउँपालिकालाई ११ क्विन्टल चामल, दंगिशरण गाउँपालिकााई १० क्विन्टल चामल, बबई गाउँपालिकार्ला १० क्विन्टल चामल, राजपुर गाउँपालिकालाई १० क्विन्टल चामल हस्ताणतरण गरिएको योगीले जानकारी दिइन ।

त्यस्तै लमही नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा ५० हजार, राप्ती गाउँपालिकाको बिपत ब्यवस्थापन कोषमा नगद ५० हजार र गढवा गाँउपालिकाको विपद व्यवस्थापन कोषमा ६ हजार नगद रकम सहयोग गरिएको संस्थाका बरिष्ठ प्रबन्धक लोकमणि रेग्मीले जानकारी दिइन ।
प्यूठानको स्वर्गद्धारी नगरपालिको बिपद ब्यवस्थापन कोषमा नगद ५० हजार रकम जम्मा गरिएको छ । प्यूठान नगरपालिकालाई मास्क खरिदकालागि नगद ३५ हजार र खाद्यान्य खरिदकालागि नगद ३५ हजार रुपंैया गरि कुल ७० हजार रुपंैया नगद सहयोग गरिएको छ ।

नौबहिनी गाउपालिकामा खाद्यान्य खरिदकालागि नगद ३७ हजार ७ सय रुपैया, मल्लरानी गाउँपालिकामा खाद्यन्न खरिदका लागि नगद ३० हजार, ऐरावती गाउँपालिकामा मास्क खरिदका लागि नगद ५० हजार, झिमरुक गाउँपालिकामा मास्क खरिदका लागि नगद २५ हजार र सरुमारानी गाउँपालिकामा खाद्यन्न खरिदकालागि नगद ३० हजार सहयोग गरिएको रेग्मीले बताइन ।

शिक्षा कार्यक्रम अन्तर्गत एक लाख सहयोग
महिला सामुदायिक सेवा केन्द्रले संचालन गरेको सशक्तिकरण लागि शिक्षा कार्यक्रम अन्तर्गत बालबालिका तथा उनीहरुको परिवारलाई एक लाख बराबको राहत वितरण गरिएको छ । कार्यक्रम अफिसर लक्ष्मी गुप्ताले १२ जना द्धन्द प्रभावित, विस्थापित, दलित तथा पछाडि पारिएका समुदायका परिवारका बालबालिकालाई प्रतिघर २५ के.जी. चामल, ५ के.जी दाल, च्युरा २ के.जी., तेल २ लिटर, साबुन ३ पिस वितरण गरिएको जानकारी दिइन । त्यसका साथै ४ परिवारलाई प्रति परिवार नगद २ हजार ५ सयका दरले सहयोग प्रदान गरिएको गुप्ताले बताइन ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *