२०८१ फाल्गुन २ गते शुक्रवार

गुल्मीमा आगोलागीबाट छोराको मृत्यु, बाबु आमा गम्भीर घाइते

बुटवल, वैशाख ८ । गुल्मीमा घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका कान्छा छोरा १६ बर्षीय समिर खनालको मृत्यु भएको छ । घरको तल्लो तल्लामा रहेका समिरको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

उनका बुवा पूर्णबहादुर र आमा रुपा खनाल गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगिएको छ । उनीहरका जेठा छोरा भने घरको छतवाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । ग्यास सिलिण्डर विस्फोट हुँदा आगोले घरमा बढी क्षति गरेको छ ।

खाद्यान्न र ग्यासको पसल रहेको साढे दुई तलाको पक्की घरमा आगो कसरी सल्कियो भन्ने बारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
आगलागी कसरी भयो यसबारे आफूलाई थाहा नभएको उनले बताए। आगलागीपछि ग्याँसको सिलिण्डर पड्किँदा घरमा बढी क्षति भएको अध्यक्ष खत्रीले जानकारी दिए।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *