२०७८ बैशाख २५ गते शनिवार

अप्ठेरोमा परेका नगरबासीलाई देशको जुन भूगोलबाट भएपनि उद्धार गर्छौं : नगरप्रमुख पाण्डे


तुलसीपुर, बैशाख ७ । तुलसीपुर उपमहानगरपालिकाले देशका जनुसुकै भूगोलमा रहेपनि अप्ठेरोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्ने भएको छ । मेयर घनश्याम पाण्डेले देशको जुनसुकै भूगोलमा रहेपनि अप्ठेरोमा परेका सबै नगरबासीलाई उद्धार गरिने बताएका हुन ।

उनले जटिल अवस्थामा रहेका आफ्ना नागरिकलाई सहयोग आवश्यक परे सम्पर्क गर्न अनुरोध पनि गरेका छन् । देशका विभिन्न भागमा रहेका नागरिकको सहजताका लागि समन्वय गरिरहेको भन्दै पाण्डेले कुनै पनि अप्ठेरो अवस्था हुनासाथ फोन गर्न अनुरोध गरेका हुन ।

जिल्ला वाहिर रहेका नगरबासीलाई सम्पर्कमा आउन आग्रह गर्दै उनले अप्ठेरो परेका हरेकलाई उद्धार गरिने बताएका आश्वासन दिएका छन् । साथै उनले तुलसीपुर उपमहानगरपालिकाले हालसम्म विपन्न वर्गका ६ हजार वढी नागरिकलाई राहत वितरण गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *