घोराही, बैशाख ७ । घोराही उपमहानगरपालिकाले झण्डै दूई सय जति पैदल यात्रुलाई घर जान सहयोग गरेको छ । घोराहीको वडा नं. ३ कुइरेपानीस्थित स्वास्थ्य जाँच सहायता केन्द्रमा जाँचपछि उनीहरुलाई बस मार्फत गनतब्य तर्फ पठाइएको हो ।
झन्डै एक महिना लामो लकडाउनका कारण विभिन्न जिल्लाबाट पैदल हिडेर आएका मजदुरहरुलाई बसको व्यवस्था गरेर गन्तव्य तर्फ पठाएको छ ।
नगरको वातावरण विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले आइतबार बिहान ७३ जनालाई रोल्पाको होलेरीसम्म जाने व्यवस्थापन गरिएको जानकारी दिए ।
आइतबार दिउसो थप दुई वटा बसमा तुलसीपुरका लागि एक सय २२ जना र होलेरी ५२ जना यात्रुलाई खाजा र पानी खुवाएर पठाइएको छ ।
प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले उनीहरु सबैको कुइरेपानी चेकजाँच गरेर पठाइएको जानकारी दिए । शुक्रबार मात्रै करिब दुई सय पैदल यात्रुलाई घरसम्म जान यातायातको व्यवस्थापन गरिएको केसीले बताए ।
घोराही आइपुग्ने कुनैपनि यात्रुलाई स्वास्थ्य चेकजाँच पछि घरसम्म पु¥याउन उपमहानगरले व्यवस्थापन गर्ने उनले बताएका छन् ।