दाङ, बैशाख ७ । सल्यानमा एक झाँक्रीको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ।शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षे देविलाल कामीको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
झाँक्री कामी शनिबार सल्यानचौरस्थित बालाराम कवरका घरमा झारफुक गर्न भनि गएका थिए । झाँक्री बसेर सकेपछि राति नै बाख्रो काटेर खान खोज्दा उनको घाँटीमा मासु अड्किएको थियो ।
आइतवार बिहान ३ बजेतिर बाख्राको मासु खाने क्रममा कामीको घाँटीमा मासु अड्कीएको र त्यसैले गर्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई उद्धार गरि अस्पताल पुर्याए पनि लगतै चिकित्सले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार