२०८१ माघ ३० गते बुधवार

गढवामा माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

तस्विर – विकाश विसी ।

तुलसीपुर, बैशाख ६ । दाङमा माटोको ढिस्कोले पुर्दा एक युवतीको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ७ मानपुर निवासी १८ बर्षीया सर्मिला परियारको माटो खन्न क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर घाइते उनको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिवार बेलुका पाँच बजेतिर घर नजिकै घर लिप्ने माटो खन्न गएकी उनलाई माथिवाट झरेको ढिस्कोले पुरेको थियो ।

गाउँलेले उनको उद्धार गरि लमही अस्पताल पुर्याएकोमा उनको उपचारका क्रममा बेलुका ८ बजेर २५ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *